विश्व बजारमा फेरि बढ्न थाल्यो कच्चा तेलको मूल्य

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ । दुई साताको अवधिमा एक ब्यारेलमै औसतमा १० प्रतिशतले कच्चा तेलको भाउ वृद्धि भएको हो ।

जुन ४, २०२४ प्रतिब्यारेल ७७.५२ डलर रहेको ब्रेन्ट कच्चा तेलको मूल्य अहिले ८१ डलर पुगेको छ । सोही अवधिमा डब्लूटीआई कच्चा तेलको भाउ ७३.२५ बाट बढेर ८१.५ डलर पुगेको छ ।

बुधबार बिहानको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ३ सेन्टले बढेर प्रतिब्यारेल ८५ डलर ३६ सेन्टमा आएको छ । अमेरिकामा उपभोक्ता माग कमजोर रहेको प्रतिवेदन र मे महिनामा चीनमा कच्चा तेलको उत्पादन बढेको आँकडा सार्बजनिक हुँदा कच्चा तेलको भाउ घटेको थियो ।

अमेरिकाले मौज्दात बढाउन थालेसँगै मूल्य वृद्धिमा टेवा पुगेको हो । अमेरिकी पेट्रोलियम इन्स्टिच्युट ९एपीआई० को तथ्यांकअनुसार एक साताको अवधिमा घरेलु मौज्दात २२ लाख ब्यारेल बढेको छ । यो मौज्दात सन् २०२३ को मार्च यताकै उच्चतम स्तर हो ।

उता ओपेक प्लसले पनि यो वर्षको अन्त्यतिर तेलको उत्पादन थप कटौती गर्ने संकेत गरेका कारण मूल्य बढेको हुन सक्ने बजार विश्लेषकहरुले बताएका छन् । ओपेक प्लसले सन् २०२५ सम्ममा दैनिक २/२ मिलियन ब्यारेल कच्चा तेल स्वेच्छाकारी रुपमा कटौती गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्