संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको निष्कर्ष
बाठमाडौं, ५ असार । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेका हुन् । उनको शव बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो ।
उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए । उनको आत्मा हत्याको काराण भने खुल्न सकेको छैन । कारण बारे अनुसन्धान भइरहको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जनााएको छ ।
प्रतिक्रिया दिनुहोस्