धितोपत्र बोर्ड अध्यक्ष छनोटमा अन्तर्वार्ता दिन आज पनि तीनै जना अनुपस्थित

काठमाडौं,५ असार । नेपाल धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा ३ जना पुनः अनुपस्थित भएका छन् । अध्यक्षका ३ उम्मेदरवारलाई बुधबारका लागि कार्यप्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइए पनि उनीहरु आज पनि अनुपस्थित रहेका छन् । आज बुधवार ९.०० बजेको लागि बोलाइएको अन्तर्वार्तामा ३ जना नै अनुपस्थित भएको राष्ट्रिय योजना आयोग स्रोतले बताएको छ ।

पाँच जना सर्ट लिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीइओ कृष्णबहादुर कार्की र तत्कालिन बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् । सर्ट लिस्टमा परेका ५ जनाको आज आइतबार कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ताको समय तोकिएको थियो । त्यस बखत सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका दिएका थिए ।

३ जना नगएपछि पुनः आज बुधबारलाई अन्तर्वार्ता बोलाइएको थियो । ३ जना नै पुनः अनुपस्थित भएका हुन् । योसँगै बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै अब रद्द हुने भएकोे छ ।

अर्थ मन्त्रालय स्रोतकाअनुसार प्रक्रिया रद्द गर्ने बारे अहिले छलफल भइरहेको छ । अध्यक्ष सिफारिस समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्