सूर्यज्योति लाइफ इन्सुरेन्सको ५ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं,५ असार । सूर्यज्योति लाइफ इन्सुरेन्सले ५ लाख ६८ हजार २८७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजदेखि ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित सूचना अनुसार तोकिएको कार्यालय समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्