माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशन अर्को बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकलाई उछिनेर सबैभन्दा मूल्यवान कम्पनीमा दर्ज भएकोे छ ।

मूल्यवान कम्पनीहरुको लेखाजोखा राख्ने कम्पनीज मार्केट क्याप डटकमले बजार मूल्य अनुसार माइक्रोसफ्ट एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको जनाएको हो ।

बजार बन्द हुने बेलामा माइक्रोसफ्ट कम्पनीको कुल बजार पूँजीकरण ३.३३ ट्रिलियन डलर पुगेको छ भने एप्पलको ३.३२ ट्रिलियन डलर छ । तेस्रो स्थानमा भने अमेरिकी चिप मेकर कम्पनी एनवीडिया कर्प छ । एनवीडियाको पनि एप्पल सरह कुल बजार पूँजीकरण ३.२२ ट्रिलियन डलर छ ।

विन्डोज तथा क्लाउड प्रडक्ट कारण माइक्रोसफ्टको आम्दानी उल्लेख्य रुपमा बढ्नुले पनि माइक्रोसप्टलाई विश्वको मूल्यवान कम्पनी बनेको छ । त्यस्तै, बजार खस्किएपछि शेयर मूल्यमा आएको गिरावटका कारण एप्पल दोस्रो स्थानमा झरेकोे बताइएको छ ।

मंगलबार माइक्रोसफ्ट कम्पनीको शेयर मूल्यमा १.३१ प्रतिशतले वृद्धि भएर ४४८.३७ डलर पुगेको थियो भने एप्प्ल कम्पनीको शेयर मूल्य १.९७ प्रतिशतले बढेर २१६.६७ डलर पुगेको थियो । एनवीडियाको शेयर मूल्य ०.६८ प्रतिशतले घटेर १३०.९८ डलर पुगेको थियो ।

विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा माइक्रोसफ्टले एप्पललाई यसअघि सन् २०१८ र सन् २०२० को जुलाइमा पनि माइक्रोसफ्ट पहिलो स्थानमा उक्लिएको थियो । त्यसैगरि, गुगलको माउ कम्पनी अल्फाबेटले पनि सन् २०१६ मा एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको भएको थियो ।

एप्पल लामो समयदेखि विश्व बजारमा पहिलो स्थानमा रहँदै आएको छ । सन् २०२० मा एप्पलले २० खर्ब बजार मूल्य भएको कम्पनीको रुपमा कीर्तिमान कायम गरेको थियो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्