भारतीय सेयर बजारले मंगलबार अल टाइम हाई रेकर्ड बनायो

काठमाडौं,४ असार । भारतीय सेयर बजारले मंगलबार फेरि नयाँ रेकर्ड बनाएको छ । भारतको सेयर बजारले लगातार चौथो दिन अल टाइम हाई रेकर्ड बनाएको हो । मंगलबार भारतका प्रमुख सेयर बजार सूचकहरु ‘सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवै हालसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएका छ ।

सेन्सेक्स ३०८ अंकले बढेर ७७,३०१ अंक र निफ्टी ९२ अंकले बढेर २३,५५७ अंकमा बन्द भएको छ । यी दुवै सूचक हालसम्मकै उच्च विन्दुमा बन्द भएका हुन् । पछिल्ला दिन अमेरिकासँगै भारतीय सेयर बजार पनि सकारात्मक बन्दै रकेर्ड स्तरमा पुगेकोे इकोनोमिक टाइम्सले जनाएको छ ।

भारतमा हालै भएको निर्वाचनमा भाजपाको मोदी नेतृत्वको एनडिए गठबन्धनले सरकार बनाएसंगै भारतीय सेयर बजारमा दीगोरुपमा प्रवाह भएको आन्तरिक लगानीका कारण पनि बजारको बुलिस यात्राले निरन्तरता पाएको विश्लेषण छ ।

भारतको आर्थिक वृद्धिले पनि बजारलाई रेकर्ड विन्दुमा पुर्याउन मद्दत गरेको छ । साथै, विश्वको सबैभन्दा ठूलो सेयर बजार अर्थात अमेरिकी सेयर बजारमा देखिएको निरन्तरको सकारात्मक माहोलको प्रभाव पनि विकासशील भारतमा परेकोे छ ।

प्रतिक्रिया दिनुहोस्