हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने

काठमाडौं,४ असार । हिमालयन बैंकले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ । यस कार्यको लागि बैकले मंगलबार सिटिजन्सलाई थप सार्वजनिक निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सिटिजन्स क्यापिटलले हिमालयन बैंकको एफपीओ निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्