झापाका केही स्थानमा ठूलो वर्षा, आज पानी पर्ने स्थानहरु
काठमाडौं, ४ असार । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मंगलबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कहाँ कहाँ पानी कति पर्यो ?
पछिल्लो एक घन्टामा कोशी प्रदेशका केही भूभागमा मध्यम वर्षा भएको छ। उदयपुरको सुन्दरपुरमा ३४.४, धरानको सुनसरीमा ३०.८, मोरङको लेटाङमा २६.२ मिलिमिटर वर्षा भएको छ।
पछिल्लो २४ घन्टामा झापाको कन्काइमा भारी वर्षा मापन भएको छ। त्यहाँ १३३ मिलिमिटर वर्षा भएको छ। झापाकै मैनाचुलीमा १३१.८, झापाको अनारमनीमा १११, धरानमा ९९.८ मिलिमिटर पानी परेको छ।
प्रतिक्रिया दिनुहोस्