वर्षाका कारण बाढि आउँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

काठमाडौं, ४ अुसार । सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण बाढि आउँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।

बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका छन् । बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन्। डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ। यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो। सकड खुलाउने प्रयास भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्