राष्ट्रिय सभाको बैठक आज पनि बस्दै
काठमाडौं, ४ अुसार । सङ्घीय संसदको राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ । सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। ।
सचिवालयले जारी गरेको कार्यसूची अनुसार बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यस्तै “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्