तराईका स्थानहरुमा तातो हावाको लहरको सम्भावना, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा

काठमाडौं, ३ असार । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखा सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू(भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हरको जनाएको छ ।

यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिन देखि प्रचण्ड गर्मिका कारण अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाको भनाई छ। तसर्थ, ती भू-भागहरूमा आगामी ४ दिन ९असार ३ गते देखि २०८१ असार ६ गते सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्