सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै
काठमाडौं, १ असार । आज सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८१(८२ को बजेट ल्याउने भएका छन् । नेपालको संविधान, २०७२ को संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउनै पर्ने प्रावधान छ।
त्यही संवैधानिक व्यवस्था अनुार जेठ १५ गते सङ्घीय सरकारले बजेट ल्याउनुपर्छ । यस्तै असार १ गते प्रदेश सभाले बजेट प्रस्तुत गर्नै पर्छ भने असार १० गतेसम्म स्थानीय सरकारले बजेट प्रस्तुत गर्नै हुन्छ । सोही संवैधानिक प्रावधानअनुसारआज गते नै प्रदेश सरकारहरूले आगामी वर्ष २०८१/८२को लागि बजेट आज प्रस्तुत गर्न लागेका हुन् ।
बजेट ल्याउनका लागि बागमती प्रदेश र मधेस प्रदेशले दिउँसो ४ बजेट प्रदेश सभा बोलाएका छन् । यस्तै लुम्बिनी प्रदेश र कोसी प्रदेशले दिउँसो ३ बजेलाई सभा बोलाएका छन् । यसैगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश सभाले समेत आजै आगामी वर्षको बजेट ल्याउनुपर्छ ।
यीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा भने सङ्घको सत्ता राजनीतिको प्रभाव परेको छ । राजनीतिक अस्थिरताका बाबजुद संवैधानिक व्यवस्थाअनुसार सबै प्रदेशले आगामी आर्थिक वर्षको बजेट आजै ल्याउनुपर्छ । आन्तरिक खिचतानीले गर्दा प्रदेशलाई बजेट ल्याउन समस्या परेको छ ।
प्रदेश सरकारले सङ्घले दिने अनुदान र स्थानीय आम्दानीका स्रोत राखेलाई समेटर बजेट ल्याउने गर्छन् । खास रुपमा भन्नुपर्ने हो भने प्रदेश र स्थानीय सरकार संघकै भरमा बजेट ्रल्याउनुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्