नागरिक लगानी कोषले गर्यो लाभांश घोषणा

काठमाडौं,३२ जेठ । नागरिक लगानी कोषले गत आ.व. २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ ।

कोषले हाल कायम चुक्ता पूँजीको कुल १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांस मध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ ।

आज जेठ ३२ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल सरकार, अर्थमन्त्रालयबाट सहमत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात घोषित लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्