प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
काठमाडैं, ३२ जेष्ठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको मन्त्राललयगत बजेटमा छलफल जारी रहनेछ ।
आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयको कार्यसूचिमा उल्लेख छ ।
यी मन्त्रालयउपर विभिन्न सांसद्हरुले खर्च घटाउन प्रस्ताव पेस गर्नेछन् । उक्त प्रस्तावहरूलाई पनि आजै निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । मन्त्राललयगत बजेटमा छलफलमा भाग लिने सांसदहरुले म्बिन्धित मन्त्रालय र अथै मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्