शिक्षक सरुवा निर्देशिका, तत्काल खारेज गर्न नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय माहासंघको माग
शिक्षक सरुवा निर्देशिका, तत्काल खारेज गर्न नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय माहासंघको माग
काठमाडौं, ३१ जेष्ठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरुवा निर्देशिका, २०८१ तत्काल खारेज गर्न नेपाल नगरपालि संघ र गाउँपालिका राष्ट्रिय माहासंघले माग गरेको छ ।
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय माहासंघले शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीलाई ध्यानाकर्षण पत्र पेश गर्दै मन्त्रालयले जारी गरेको शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ तत्काल खारेज गर्न माग गरेका हो ।
नेपालको संबिधान जारी भइमुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको अभ्यास सुचारु भएको अवस्था पनि एक दशक यस्ता केन्द्रिकृत मानसिकता राख्नु संघिय शासनपद्धति विपरित भएको जनाएको छ । नेपालको संबिधानले आधारभुत तथा माध्यमिक शिक्षालाई स्थानीय सरकारको एकल अधिकारको सूचीमा राखेको कुारा जानकारी हुँदा हुँदै पनि यस किसिमको व्यवहार गर्नु खेद जनक भएको समेत जनाएको छ ।’
संघीय शिक्षा विधयेक संसदमा विचाराधिन रहेको अवस्थामा सम्बन्धितसंसदीय समितिलाई सरोकारवालाहरुसँग छिटो परामर्श गरी स्वीकृतीको लागि संसदमा पेश गर्न सहजिकरण गर्नु पर्नेमा उल्लिखित निर्देशिका वि.सं.२०२८ सालको शिक्षा ऐनको प्रभावमा बिद्यालय शिक्षालाई केन्द्रिकृत रुपमा नै सञ्चालन गर्न खोजिएको कार्यसंबिधान विपरित भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
नेपाल नगरपालिका संघ अध्यक्ष भिम प्रसाद ढुंगाना र गाउँपालिका राष्ट्रिय माहासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेद्वार जारी संयुक्त पत्रमा संबिधानतस् आधारभूत र माद्यामिकशिक्षास्थानीय सरकारको एकल अधिकार माथीहस्तक्षेप हुनेगरी केन्द्रिकृत रुपमा नै बिद्यालय सञ्चालन गर्नेगरी ल्याइएको शिक्षक सरुवा सम्बन्धी निर्देशिक, २०८१ तत्काल खारेज गर्न माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गर्दछौं भनि उल्लेख गरिएको छ । साथै जारी भएको निर्देशिका कार्यान्वयन नगरी संबिधान र गाउँ÷नगर सभाबाट जारी भएको स्थानीय शिक्षा ऐनबमोजिम कार्यसम्पादन गर्न सबै ७ सय ५३ स्थानीय सरकारहरुलाई आव्हान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्