जाल्पा सामुदायिक र किसान लघुवित्तलाई मर्जरको लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

काठमाडौं,३० जेठ । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तलाई एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । यो सँगै दुई लघुवित्तको मर्जर प्रकृया अघि बढेको छ ।

राष्ट्र बैंकले दुवै कम्पनी एक भएपछि मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न स्वीकृति दिएको छ ।

दुवै लघुवित्तबीच एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता भईसकेको छ । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए ।

त्यस्तै, बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । कैलालीको लम्कीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । यी दुई कम्पनीको मर्जरका लागि सेयर स्वाप रेसियो सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्