जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने तयारी गरेको छ ।
यही वैशाख २३ देखि सुरु हुने संसद अधिवेशनबारे जानकारी दिन सभामुख कृष्णबहादुर महराले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।
अधिवेशन सुरु भएको दोस्रो दिन नै संसद सन्चालन नियमावली पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, वैशाख २४ देखि २७ गतेसम्म नियमावली पारित गर्ने, वैशाख २६ देखि तीनदिनसम्म प्रिबजेट छलफल गर्ने, जेठको पहिलो हप्ता नीति तथा कार्यक्रम पारित गर्ने र १५ जेठमा बजेट ल्याउने गरी काम अघि बढाइएको सभामुख महराले जानकारी दिए ।
असार मसान्तसम्म बजेट पारित गर्ने र योबीचमा नै संविधान कार्यन्वयनका लागि आवश्यक विधेयकहरुमाथि छलफल गर्ने जनाइएको छ ।
असार मसामन्तभित्र संसदीय समितिहरुलाई पूर्णता दिने गरी काम हुने पनि सभामुख महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्