प्रदेश तेस्रो तहका नेताहरूलाई व्यवस्थापन गर्ने ठाउँ बन्योः गृहमन्त्री लामिछाने

काठमाडौं, ३० जेठ । काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको समेत बताए ।

बुधवार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको बताए ।

उनले भने, ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरूलाई लिएर धेरै जिज्ञासाहरू छन् । हामीले ढंगको बनाउनुपर्छ भनेको हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरूलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ ।’

गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्