कामना सेवाविकास बैक र थिरो ल्यावबीच सम्झौता

काठमाडौंं, ३० जेष्ठ । कामना सेवाविकास बैंकले बुटवल, रुपन्देही स्थित थिरो ल्याव प्रा.लि.सँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत बैंककाग्राहकहरुले उक्तल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा२०प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाकापहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापितउक्त थिरो ल्याव प्रा.लि।मा कामना सेवाविकास बैंककाग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथाविभिन्नशाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्