मन्त्रीहरूले बजेट आफ्नै जिल्लामा लाने, हामीले जनता साँमु गरेको बाचा के हुने ?

काठमाडौं, ३० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले बजेट मन्त्रीहरूको जिल्लामा केन्द्रित गरिएको प्रति चिन्ता ब्यक्त गरेकी छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘मन्त्रीजीहरूले बजेट जति सबै आफ्नै जिल्लामा लाने, हामी के गर्ने ?’ पहुँच नपुग्ने हामी जस्ता जनप्रतिनिधीले जनता साँमु गरेको बाचा कसरी पुरा हुन्छ ।

‘हामी के गर्ने सभामुख महोदय, मेरो यो प्रश्न छ मन्त्रीजीहरूलाई,’ उनले भनिन्, ‘मन्त्रीहरूका क्षेत्रमा गएका बजेट कटौती गर्नुर्पयो, फिर्ता गराउन लगाउनु र्पयो । मन्त्रीहरूलाई बजेट शून्यमा राख्नुर्पयो ।’

हामी कहाँ केहि बर्ष यता नराम्रो परिपाटीको शरुवात भएको छ । सरकारमा बस्ने पहुँचवाला नेताको क्षेत्रमा योजनाको चाँङ्ग हुने र नहुने सांसदको क्षेत्रमा योजना शुन्य हुने अवस्था आयो । यो त लोकतन्त्रको लागि सबै भन्दा भद्दा मजाक भयो ।

 

प्रतिक्रिया दिनुहोस्