प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, मन्त्रालयगत बजेटको शीर्षकहरूमाथि छलफल जारी

काठमाडौं, ३० जेष्ठ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न मन्त्रालयगत बजेटको शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।

सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले कार्यसूचिमा उल्लेख गरेको छ ।

यसअघि हिजोको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो । मन्त्रालष्गत छलफल भएकाले सांसदहरुलाई विदा समेत दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्