सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्ट बीचसमझदारी

काठमाडौं , २९ जेष्ठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मूलपानी, काठमाडौं स्थितग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्गग्राहकहरूले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्गमाध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहनगर्न समय समयमा ग्राहक मैत्रीसुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृतविवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्तगर्न सकिनेछ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७लाख ५०हजारग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । हाल ५५ जिल्लामाआप्mनो सेवाप्रदानगर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप७शाखाहरु विस्तार गरेर आगामीदिनमा देशको ६० वटा जिल्लामा सेवाप्रदानगर्नेछ ।

प्रतिक्रिया दिनुहोस्