नेरुडे मिर्मिरे लघुवित्तको शेयर संरचना परिवर्तन

काठमाडौं,२९ जेठ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर संरचना परिवर्तन भएको छ ।

लघुवित्तको शेयर संरचना परिवर्तन पश्चात अब कम्पनीमा संस्थापक समूहको शेयर स्वामित्व ५१.४९ प्रतिशत र सर्वसाधारण समूहको ४८.५१ प्रतिशत कायम भएको छ ।

लघुवित्तमा संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर संख्या ७१ लाख ९६ हजार ५०५ कित्ता रहेको छ । त्यसैगरी, सर्वसाधारण शेयरधनीको स्वामित्वमा ६७ लाख ८१ हजार १३६ कित्ता शेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्