काठमाडौंसहित देशभर गर्मी बढ्यो, धनगढीको अधिकतम तापक्रम ४४ डिग्री

काठमाडौं,२९ जेठ । हप्ता दिनयता पश्चिम तराईका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएकोे छ । जल तथा मौसम विज्ञान विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

हुन त विश्वभर तापक्रम वढ्दोक्रममा छ । यसबाट नेपाल अछुतो हुने त कुरै भएन । आज मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान पौने ९ बजे सार्वजनिक गरेकोे विवरणमध्ये धनगढीको अधिकतम तापक्रम सबैभन्दा बढी ४४ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, नेपालगञ्जमा ४३.६, बिराटनगरमा ४०.९, दिपायलमा ४०.७, भैरहवामा ३९.८ र काठमाडौंमा ३४.४ डिग्री सेल्सियस तापक्रम पुगेको छ । आज ओखलढुंगाको सबैभन्दा कम तापक्रम २६.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्