माउन्टेन इनर्जीको बोनस शेयर हितग्राही खातामा पठायो

काठमाडौं,२९ जेठ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर पठाएकोे छ । कम्पनीको साधारण सभाले पारित गरेका १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो ।

गत चैत १३ गते सम्पन्न कम्पनीको दशौँ वार्षिक साधारण सभाले पारित गरेको सो बोनस शेयर शेयरधनिलाई वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सो बोनस शेयर गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो ।

यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्