नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं,२९ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारण सभा डाकेको छ ।

इन्स्योरेन्सले असार १८ गते, मंगलबार, होटल भिष्वा, वीरगञ्ज, पर्सामा २३ औँ र २४ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे शुरु हुनेछ ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक, सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट ३ जना तथा १ जना स्वतन्त्र सञ्चालक हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजको लागि इन्स्योरेन्सले असार ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । असार ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्