मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार एक हवाईजहाज बेपत्ता

काठमाडौं, २९ जेष्ठ। दक्षिणपूर्व अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार एक हवाईजहाज बेपत्ता भएको छ ।

राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उपराष्ट्रपति सौलोस क्लोस चिलिसहितका व्यक्तिहरु सवार हवाईजहाज बेपत्ता भएको हो ।

 

मलावीको राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै उपराष्ट्रपति सौलोस क्लोस चिलिमा सहित ९ जना सवार हवाईजहाज बेपत्ता भएको जानकारी दिँदै उनीहरुको खोजीकार्य जारी रहेको जनाएको छ ।

५१ वर्षीय चिलिमा मलावी सेनाको हवाईजहाजमा थिए । उक्त हवाईजहाज स्थानीय समयअनुसार ९ः१७ बजे ९नेपाली समय अनुसार दिउँसो १ बजे० राडारसँग सम्पर्कविच्छेद भएको थियो ।

 

राष्ट्रपति लाजरस चकवेराले सुरक्षाकर्मीहरुलाई खोज तथा उद्धारमा परिचालित हुन निर्देशन दिएका छन् । उनले बहामास जाने पूर्वनिर्धारित कार्यक्रम पनि रद्द गरेका छन् ।

सन् २०२२ मा उपराष्ट्रपति चिलिमालाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो । उनीमाथि ब्रिटिश–मलावी व्यापारीसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मुछिएको आरोप छ । उनले भने आफूमाथि लगाइएका आरोपहरु खण्डन गर्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्