सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष सहित ८ जना पक्राउ

काठमाडौं,२८ जेठ । सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ सहित ८ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार अध्यक्ष श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो ।

बैंकले कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि २०८० फागुन १५ मा कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसी गौतमसहित अन्य कर्मचारी पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्