मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु

दमौली,२८ जेठ । मध्य मस्र्याङ्दी जलविद्युत आयोजनाले पूर्ण क्षमतामा विद्यूत उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै बेंसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो ।

हिउँदयाममा मस्र्याङ्दी नदीमा पानी घट्दा उत्पादन पनि घटेको थियो । हिमालमा हिउ पग्लिन थालेको र बर्षा पनि हुन थालेको छ । नदिमा पानीको बहावमा वृद्घि भएकासंगै पूर्ण क्षमता ७० मेगावाट नै उत्पादन हुन थालेको हो ।

मंसिरदेखि विद्यूत उत्पादन घटेर फागुनमा २४ मेगावाट मात्र उत्पादन भएको थियो । चैत लागेपछि विस्तारै उत्पादन वृद्धि भइ ४०/४५ मेगावाट पुगेको थियो । एक हप्ता अघिदेखि ६० मेगावाट हुँदै हाल पूर्ण क्षमतामा उत्पादन भएको हो ।

यस जलविद्युत् आयोजनामा ३५/३५ मेगावाट क्षमताका दुई वटा टर्बाइन छन् । यो आयोजना सन् २००० मा निर्माण सुरु भई २००८ मा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्