कुमारी बैंकको ४५ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं,२८ जेठ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले आजदेखि संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यस सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सक्ने छन् ।

खरिद गर्न इच्छुक लगानीकर्ताले कुमारी क्यापिटलमा नक्सालमा काठमाडौं आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । आवेदन पेस गर्ने अन्तिम मिति आगामी असार ३ गते कार्यालय समयसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्