फेडेरल रिइन्स्योरेन्स ब्रोकरले १ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने

काठमाडौं,२७ जेठ । फेडेरल रिइन्स्योरेन्स ब्रोकरले प्राथमिक शेयर निष्कासन गर्ने तयारी थालेको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रयोजनका लागि नेपाल बीमा प्राधिकरणमा प्रस्ताव पठाएको छ । कम्पनीले १ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

प्राधिकरण स्रोतका अनुसार कम्पनीले ३० प्रतिशत आईपीओ निष्कासन गर्न स्वीकृतिका लागि प्रस्ताव पेश गरेको छ । हाल कम्पनीको चुँक्तापूँजी ५ करोड रुपैयाँ रहेको छ । कम्पनीले आईपीओ जारीपछि कम्पनीको पूँजी ६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

फेडरल एक घरेलु पुनर्बीमा ब्रोकर हो । प्राधिकरणले हालसम्म पुनर्बीमा ब्रोकरको लागि १५ वटा कम्पनीलाई लाइसेन्स दिएको छ । पुनर्बीमा ब्रोकर  सम्बन्धी निर्देशिका, २०७८ अनुसार चुक्ता पूँजी ५ करोड रुपैयाँ तोकिएको छ भने अधिकृत पूँजी १० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्