मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरे

काठमाडौं, २७ जेष्ठ । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

जनमत पार्टीको भागमा परेका दुई मन्त्रालायमा मुख्यमन्त्री सिंहले मन्त्री नियुक्त गरेका हुन्।

सिराहा ४ (१) बाट निर्वाचित त्रिभुवन साह र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई उनले मन्त्री नियुक्त गरेका हुन्।

साहलाई वन तथा वातावरण मन्त्री बनाइएको छ। बिनाविभागीय मन्त्री बनाइएकी रञ्जु मण्डल खंगलाई सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। मियालाई जिम्मेवारी तोकिएको छैन। उनलाई जनमतको भागमा पर्ने अर्को मन्त्रालयको जिम्मेवारी दिइनेछ। नवनियुक्त दुवै मन्त्रीको शपथको तयारी भइहेको छ।

प्रतिक्रिया दिनुहोस्