भारतीय शेयर बजारमा उछाल, सेनसेक्स अल टाइम हाइ, नेपालको किन लिन सकेन लय ?
काठमाडौं २६ जेष्ठ । भारतमा भाजपा नेता तथा एडिए गठबन्धनबाट नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएसँगै भारतीय शेयर बजारमा उछाल, सेनसेक्स अल टाइम हाइ
भयो । उो सँगै शुक्रबार भारतीय शेयर बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको छ । भारतको शेयर बजार लगातार तेस्रो दिन उकालो लागेको हो । बम्बई स्टक एक्सचेन्ज (बीएसई) सेन्सेक्सले अल टाइम हाइ बनाएको छ भने नेशनल स्टक एक्सचेन्जको निफ्टी (एनएसई निफ्टी) पनि तिब्र गतिमा उकोलो लाग्यो।
आज सेन्सेक्स १६१८ अंकले वृद्धि भएर ७६,६९३ विन्दुमा बन्द भयो । यस्तै, एसएसइ निफ्टी ४६८ अंकले बढेर २३,२९० को विन्दुमा पुग्यो।
भारतीइ शेयर बजारमा पनि लोकसभा निर्वाचनको नतिजा आएको दिन मंगलबार शेयर बजारमा भारी गिरावट आएको थियो तर बुधबारदेखि शुरु भएको वृद्धि लगातार तीन दिनसम्म जारी छ । पहिले, एक्जिट पोलको अनुमान अनुसार नतिजा नआएपछि शेयर बजारमा भारि गिरावट देखिएको थियो । तर त्यसपछि, एनडीए सरकारले बहुमत ल्याउने र सत्तामा आउने तयारीमा रहेको खबरले भोलिपल्ट आँधी नै ल्यायो । शुक्रबारको एनडीए बैठकमा भारतीय प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीको नाममा सबैको समर्थन भएपछि सेन्सेक्स फेरि नयाँ उचाइमा पुगेको हो । राजनीतिक उथल पुथलेले शेयर बजारमा प्र्रभाव पार्दै आएको छ । भारतमा पनि राजनीतिक स्थायित्व हुने निश्चित भएपछि बजारमो उच्च वृद्धि भएको हो । तर नेपालको राजनीतिकमा न त स्थायित्व छ न त शेयर बजारले गति समात्न सकेका छ ? यसले गर्दा राजनीतिक स्थायित्व महत्वपूर्ण कुरो हो । यलप्रति जनताले सचेत हुनुपर्छ ।
शुक्रबार बिहान ९ बजेर १५ मिनेटमा बीएसईको सेन्सेक्स केही बढेर ७५,०३१।७९ को स्तरमा खुलेको थियो तर त्यसपछि बढ्दै गएर १,६०० अंकभन्दा बढीको वृद्धिसँगै ७६,७९५।३१ को विन्दुमा पुग्यो । जुन सेन्सेक्सको अहिलेसम्मकै उच्च विन्दु हो।
यसका साथै, २२,८२१।८५ को विन्दुमा खुलेको एनएसई निफ्टी ५० पनि बढेर २३ हजार नाघ्यो र दिनकै उच्च २३,३२० विन्दुमा पुगेको छ । यो निफ्टीको २३,३३८ विन्दुको उच्च स्तरको नजिक हो।
यद्धपी शेयर बजारमा कारोबारको अन्त्यमा बीएसई सेन्सेक्स १६१८ अंक वा २।१६ प्रतिशतले बढेर ७६,६९३ को विन्दुमा बन्द भयो भने एनएसई निफ्टी ४६८ अंक वा २।०५ प्रतिशतले बढेर २३,२९० को स्तरमा बन्द भयो ।
बीएसई सेन्सेक्सले एक्जिट पोलको भोलिपल्ट वा गत सोमबार बनाएको रेकर्ड तोडेको छ । वास्तवमा, एक्जिट पोलको अनुमानको प्रभावका कारण सेन्सेक्स कीर्तिमानी उचाइमा पुगेको थियो ।बीएसई सेन्सेक्स ७६,७३८।९ को उच्च स्तरमा पुगेको थियो तर शुक्रबार सेन्सेक्सले आफ्नो रेकर्ड तोडेर ७६,७९५ विन्दुमा पुगेको हो। शुक्रबारको वृद्धिका कारण बीएसई मार्केट क्याप बढेको छ र एकै दिनमा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूको सम्पत्तिमा ७.५ लाख करोड भारतीय रुपैयाँले वृद्धि भएको छ। नेपालमा राजनीतिक स्थायित्व नहुँदा धेरै गुमानु परेको छ । पठक पटक हुने सरकार फेरवदल र नियमक निकायको कमजोरीले नेपाली शेयर बजारले गित लिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्