नाट्टामा नयाँ नेतृत्व चयन, अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित

काठमाडौं २६ जेष्ठ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)मा नयाँ नेतृत्व चयन भएको । नाट्टाको अध्यक्षमा वर्तमान महासचिव कुमारमणि थपलिया निर्वाचित भएका छन्। निर्वाचनमा थपलियाले २७६ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी प्रमोद दाहालले १०६ मत पाएका थिए ।

वर्तमान कार्यसमितिका महासचिव थपलियाले नाट्टाको कोषाध्यक्ष भएर समेत कार्य गरिसकेका छन् । उनी विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध छन् । थपलिया चितवनको प्रिसियस ट्राभल एण्ड टुर्सका सञ्चालक हुन। निर्वाचनमा थपलियाले सम्पूर्ण प्यानलसहित उम्मेदवारी घोषणा गरेका थिए । अध्यक्ष, महासचिव र कार्यकारी सदस्यहरु बाहेक अन्य पदहरु निर्विरोध भएका थिए।

वरिष्ठ उपाध्यक्षमा जिस्वाँ तुलाधर श्रेष्ठ र उपाध्यक्षमा घनश्याम घिमिरे निर्विरोध निर्वाचित भइसकेका छन् भने सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित घोषणा भएको थियो ।

महासचिवमा पनि थपलियाकै प्यानलका युविका भण्डारी विजयी भएका छन् । भण्डारीले २४३ मत पाउँदा उनका प्रतिद्वन्द्वी अमृतकुमार ढकालले १३६ मत पाएका छन्।

कार्यकारी सदस्यहरुमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेल विजयी भएका छन्।
भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्