सरकारविरुद्ध एनसेलको मुद्दाको पूर्ण सुनुवाइ २९ हुने

काठमाडौं,२५ जेठ । एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि २९ जेठमा पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको सयुक्त इजलासले शिघ्र सुनुवाइ गरी टुङ्ग्याउनुपर्ने भएकाले २९ गते पेसी तोक्ने निर्णय गरेको हो । यस रिटमाथि विपक्षीहरूको जवाफसमेत आइसकेको सर्वोच्च अदालतले जनाएको छ ।

एनसेलले आफूमाथि अनावश्यक कर निर्धारण गर्न खोजेको भनीे २७ पुस २०७८ मा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको थियो । रिट निवेदनमाथि सर्वोच्च अदालतको शुक्रबारको इजलासले शिघ्र सुनुवाइ गरी टुङ्ग्याउनुपर्ने भन्दै २९ गते निरन्तर सुनुवाइका लागि पेसी तोक्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्