ओलीले पुन: दोर्होयाए राम जन्मभूमि माडीमै पर्छ
काठमाडौं,२५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि बिषयलाई लिएर बयान दिएका छन् । भगवान रामको जन्म चितवनको माडीमा नै भएको पुन: दोर्होयाएका छन् ।
एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरे ।
उनले भने, ‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन, कोही सत्यको विषयमा बोल्न दिदैनन् अनि पण्डितहरू पनि बोल्दैनन् ।’
प्रतिक्रिया दिनुहोस्