एक्सेल डेभलपमेन्ट बैंकले लाभांश बितरण नगर्ने

काठमाडौं,२५ जेठ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको छ ।

बैंकको बिहीबार जेठ २४ गते बसेको सञ्चालक समिति बैंठकले लाभांश नदिने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७८(७९ मा पनि लाभांश दिएको थिएन ।

यससंगै लगातार दुइ बर्षदेखि शेयरधनीको खाली हुने भएको हो ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्