संसदको नियमावली मस्यौदा समितिको बैठक बस्दै, छलफलका विषय यस्ता छन्

काठमाडौं फौजदारी अभियोग लागेका सभासदलाई कारबाहीको दायरामा ल्याउने नल्याउने विषयमा आज थप छलफल हुँदैछ ।

संसदको नियमावली मस्यौदा समितिमा आज छलफल हुनेछ । राष्ट्रियसभा र प्रतिनीधिसभाका नियमावली मस्यौदा समितिमा आज छलफल हुनेछ । दुईवटा समितिको बैठक आज अलग अलग बोलाइएको छ । संसद अधिवेसनको पहिलो दिन बैशाख २३ गते पेश गर्ने र ३० गते पारित गर्ने कार्यसूची रहेको छ ।

व्यवस्था संविधानसभाको नियमावलीमा थप्न माओवादीले अस्वीकार गरेको छ । नियमावली मस्यौदा समिति र प्रमुख दलका मुख्य सचेतकबीच शुक्रबार छलफल भएको थियो । फौजदारी अभियोग लागेका सभासदलाई कारबाहीको दायरामा ल्याउने व्यवस्था संविधानसभाको नियमावलीमा थप्न माओवादीले अस्वीकार गरेको छ ।

नियमावली मस्यौदा समिति र प्रमुख दलका मुख्य सचेतकबीच शुक्रबार भएको बैठकमा माओवादीले द्वन्द्वकालबाहेकका अन्य फौजदारी अभियोग लागेकालाई मात्र कारबाहीको दायरामा ल्याउने अडान राखेको हो ।

प्रतिक्रिया दिनुहोस्