२० असारसम्म चन्द्रागिरि–चित्लाङ सडक खण्ड बन्द
काठमाडौं, २४ जेष्ठ । गणेशमान मार्गको थानकोट–चित्लाङ सडक खण्ड आगामी २० असारसम्म बन्द हुने भएको छ ।
सो सडक खण्ड अन्तर्गत सेतो पहरोमा सडक निर्माण गर्ने कम्पनीले ग्रेड उच्च रहेको र चौडाइ कम भएको स्थानमा ब्रेकर प्रयोग गररे ब्याक कटिङ र ग्रेड डाउन गर्न सडक बन्द हुने चन्द्रागिरि नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवम् स्तरोन्नति गर्न लागिएकोले बिहीबारदेखि २० असारसम्म ९ बजेदेखि साँझ ४ बजेसम्म सडक पूर्णरुपमा सडक बन्द हुने विज्ञप्तिमा छ ।
चन्द्रागिरि–चित्लाङ सडकः सरकारले थापेको धराप
सडक विभागको डिभिजन सडक कार्यालय काठमाडौं मातहतमा रहेको सडक बन्द गर्न नगरपालिकालाई सडक डिभिजनले मंगलबार पत्र काटेको थियो ।
वर्षामा हिलो र हिउँदमो धुलो हुने उक्त सडक खण्ड बाराको निजगढ, वीरगञ्ज, हेटौंडा र थाहा नगरपालिकाबाट काठमाडौं उपत्यका छिर्ने छोटो दुरीको सडक हो ।
यस सडक खण्डको स्तरोन्नति नहुँदा उच्च जोखिम मोलेर काठमाडौं आउजाउ गर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्