नेपाल प्रहरीका इन्सपेक्टरद्वारा बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ
काठमाडौं, २४ जेष्ठ । एक बालिकामाथि बलात्कारको प्रयास गरेको भन्दै नेपाल प्रहरीका इन्सपेक्टर पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूले प्रहरी निरीक्षक बिदुर शिवाकोटीलाई नियन्त्रणमा लिएको हो ।
शिवाकोटी हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत छन् । उनीमाथि १४ वर्षकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोप रहेको छ ।
पिडित बालिका शिवाकोटीकै घरमा काम गर्थिन् । उनले सानै उमेरमा ती बालिकालाई पढाइदिने भन्दै घरमा काम गर्न ल्याएका थिए ।
बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलाकार गरेको उजुरी गरेकी थिइन् ।
प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । दोषी पाइएमा शिवाकोटीमाथि कारबाही हुने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्