आशुतोष इनर्जीले आइपीओ निष्कासन गर्ने
काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको २०८० मंसिर १५ गते बसेको साधारण सभाबाट आइपीओ प्रस्ताव पारित गरेको हो । यस इनर्जी स्थापना जनवरी ५, सन् २०१८ मा भएको यस कम्पनीले सन् २०२३ मा १८ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
कम्पनीको हाल ४० करोड २० लाख रुपैयाँ चुक्ता पुँजि छ । कम्पनीले लमजुङ जिल्लामा ८.६३ मेगावाटको चेपे खोला स्मल हाइड्रोपावर सञ्चालन गरेको छ ।
यो परियोजना १ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । प्रति मेगावाट लागत १७ करोड ३० लाख रहेको छ । कम्पनीले १ अर्ब ९ करोड १० करोड बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले यसलाई समग्रमा ‘इक्रा आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।
प्रतिक्रिया दिनुहोस्