डिम्याट खाता नवीकरणका लागि आउन थाल्यो सूचना
काठमाडौं,२३ जेठ । विभिन्न बैंक, क्यापिटल, मर्चेन्ट बैंकलगायत डीपी सेवा उपलब्ध गराउदै आएका कम्पनीहरुले डिम्याट खाता नवीकरण गर्न अनुरोध गरेका छन् । ती संस्थाहरुले सूचना जारी गर्दै डिम्याट होल्डरहरुलाई खाता नवीकरण गर्न अनुरोध गरेका हुन् ।
हितग्राही खाता आर्थिक वर्ष समाप्त भएसँगै नवीकरण गर्नुपर्ने हुन्छ । त्यसैले, खाता एक्टिभ राख्न डिम्याट होल्डरहरुले असार मसान्तभित्र रिन्यू गरिसक्नु पर्ने हुन्छ । यदि उक्त समय सिमा भित्र नविकरण शुल्क नबुझाएका खाता फ्रिज हुन्छ ।
डिम्याटको बैधता आर्थिक वर्षको अन्तसँगै समाप्त हुने गर्छ । यदि कसैले जेठ महिनामा खाता खोलेको छ भने पनि त्यसको बैधता असार मसान्तसम्म मात्र रहन्छ । नयाँ आर्थिक वर्ष लागेसँगै डिम्याट खाता पनि नवीकरण गर्नुपर्ने हुन्छ । त्यस्तै मेरो सेयर भने खाता खोलेको समयदेखि १ वर्षमा नवीकरण गर्दा हुन्छ ।
हितग्राही खाताको नवीकरण शुल्क १०० रुपैयाँ रहेको छ । त्यसतै, मेरो सेयरको वार्षिक शुल्क भने ५० रुपैयाँ तिर्नु पर्छ । डिम्याट होल्डरहरुले आफूले खाता खोलेको बैंक, ब्रोकर, मर्चेन्ट बैंक वा क्यापिटलमा गएर नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, विभिन्न वालेटबाट पनि उक्त सेवा शुल्क तिर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्