लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारण सभा
काठमाडौं,२३ जेठ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आगामी महिनाको असार १३ गते, बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ः४५ बजेदेखि शुरु हुनेछ ।
सो सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले जेठ ३२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता जनाउन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्