सत्तारूढ बिजेडीलाई पछि पादै ओडिशा विधान सभामा भाजपा अघि बढ्यो

काठमाडौं, २२ जेठ । भारतमा लोकसभासँगै विधानसभा चुनावको मतगणना पनि जारी छ।

ओडिशामा सत्तारूढ भारतीय जनता दल (बिजेडी)लाई पछि पार्दै भारतीय जनता पार्टी (भाजपा)ले अग्रता लिएको छ।

द हिन्दुस्तान टाइम्सका अनुसार दिउँसोसम्म ओडिशा विधानसभाका १४७ सिटमध्ये ७६ सिटमा भाजपाले अग्रता लिएको छ।

नवीन पटनायक नेतृत्वको बिजेडी ५३ सिटमा अगाडि छ। १२ सिटमा कंग्रेस अगाडि छ।

अघिल्लो निर्वाचनमा बिजेडीले ११२ विधानसभाका ११२ सिट जितेको थियो। त्यतिबेला भाजपाले २३ सिट र कंग्रेसले ९ सिट जितेको थियो।

लोक सभातर्फ पनि २१ सिटमध्ये १७ सिटमा भाजपा नै अगाडि नै छ। बिजेडी ३ सिट र कंग्रेस आई एक सिटमा अगाडि छ।

विधान सभामा सरकार गठनका लागि कम्तिमा ७४ सिट जित्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्