निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौ,२२ जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
यो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आजबाट ७ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्