भारतको १८औं लोक सभा निर्वाचनको मतगणना सुरु, भाजपा नेतृत्वको एनडीएको अगाडि
काठमाडौं, २२ जेष्ठ । भारतमा ५४३ लोकसभा सिटको मतगणना सुरु भएको छ। पहिले हुलाक मतपत्रको गणना भइरहेको छ । त्यसपछि ईभीएम खोलिनेछ।
अबको दुई घण्टामा नयाँ सरकारको स्थिति लगभग स्पष्ट हुनसक्छ । प्रारम्भिक रुझानमा, भाजपा नेतृत्वको एनडीएको २३१ सिटमा अगाडि छ, कंग्रेस नेतृत्वको ईन्डिया १३९ सिटमा अगाडि छ।
गत १६ मार्चमा, निर्वाचन आयोगले ७ चरणमा लोकसभा सिटहरूको लागि मतदानको मिति घोषणा गरेको थियो। अप्रिल १९ बाट सुरु भएको मतदान जुन १ मा सकिएको थियो । ४४ दिनको यो निर्वाचन सन् १९५२ पछिको सबैभन्दा लामो थियो।
सन् १९५२ मा ४ महिना चुनाव चलेको थियो । जुन १ मा जारी १२ प्रमुख एक्जिट पोल अनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने देखिन्छ।
भारतको १८औं लोक सभा निर्वाचनको मतगणना सुरु भएको छ । भारतीय लोकसभा चुनाव नतिजा आज सार्वजनिक हुँदै छ । चुनावी नतिजा आएसँगै भारतमा अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुङ्गो लाग्नेछ ।
सबै ५४२ लोकसभा सिटहरूको मतगणना आज बिहान ८ बजे सुरु भएको छ। पहिले हुलाक मतपत्रको मतगणना सुरु हुनेछ र आधा घण्टापछि ईभीएममा परेको मत गणना हुनेछ । कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै ईभीएमबाट मतगणना सुरु हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनमा अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६.८ करोड दर्ता भएका मतदातामध्ये ६४.२ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको जानकारि दिए ।
जसमध्ये महिला मतदाताको सङ्ख्या ३१.२ करोड रहेको छ । औसतमा कुल मतदान ५८ दशमलव ५८ प्रतिशत भएको छ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारका अनुसार यस सम्पूर्ण प्रक्रियामा १.५ करोड चुनावी कर्मचारी र सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो। १७ औँ लोकसभाको कार्यकाल १६ जुनमा सकिँदै छ।
पूर्वनिर्धारित समय अनुसार आज बिहानदेखि मत गणना सुरु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
५४३ सिटका लागि भएको निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् ।
निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणले यसपटक पनि भाजपाको एनडीए गठबन्धनले बहुमत हासिल गर्ने देखाएको छ ।
मत सर्वेक्षणअनुसारकै नतिजा निस्किएमा नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने छन् ।
बहुमतका लागि २७२ सिट आवश्यक हुन्छ । तर, मत सर्वेक्षणले भाजपा नेतृत्वको एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने सर्वेक्षणले देखाएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्