मन्त्रिमण्डल हेरफेरको तयारीमा, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितालाई पर्यटनमन्त्री बनाइदै

काठमाडौं, २१ जेष्ठ । अहिलेका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री माओवादीका हितबहादुर तामाङलाई ब्याकु गरेर नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उक्त मन्त्रालयमा लगिने भएको छ । स्रोतका अुनसार रञ्जितालाई पर्यटनको जिम्मेवारी दिएपछि तत्कालका लागि हितबहादुरलाई प्रधानमन्त्री कार्यालयमा रहनेगरि विना विभागीय मन्त्री बनाउने तयारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल हेरफेरको तयारीमा लागेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिमण्डल हेरफेर तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्