न्युरोड क्षेत्रको भत्काएको सडक विभागले पिच गर्न खोजेपछि विवाद उत्कर्षमा

काठमाडौं, २१ जेष्ठ । सडक विभाग र काठमााडैं महानगरपालिकाको विवाद सतहमा आएको छ । काठमडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकलाई फुटपाथ बनाउन न्युरोडको सडक भट्काएको थियो र सडक विभागले सडक मासेर फुटपाथ बनाउन नह्ने तर्क गर्दै आएकोमा यो विषयमा सडक विभाग र काठमाडौँ नगर प्रहरीबिच विवाद भएको छ । काठमाडौँ महानगरले फुटपाथ विस्तारका लागि न्युरोड क्षेत्रको भत्काएको सडक विभागले पिच गर्न खोजेपछि विवाद भएको हो ।

सडक विभागले सोमबार बिहान सडक पिच गर्न लागेपछि काठमाडौँ महानगरको प्रहरीले अवरोध गरेको छ । विवाद मिलाउन अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच न्युरोडमा छलफल भइरहेको छ । सडक विभाग र काठमाडौं महानगरको आ-आफ्नो नै तर्क छ । सहमतिको लागि पहल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्