आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै

काठमाडौं, २१ जेष्ठ । आज लुम्बिनी प्रदेशले पनि आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने सचिव पुनले बताए । लुम्बिनी सरकारले गरेको कार्यक्रमले केलाई प्राथमिकता दिएको छ भन्ने कुुरा सबैलाई जिज्ञासा छ ।

प्रतिक्रिया दिनुहोस्