कोशी सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
काठमाडौं, २१ जेष्ठ । कोशी सरकारले आज आगामी आर्थिक वर्ष २०८१०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । सरकारको गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउ आदेश दिएको छ । प्रदेश सभाको बैठक बहिष्कार गरेको कांग्रेस आजदेखि सभामा उपस्थित हुने भएको छ ।
आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । उक्त बैठकमा कांग्रेस सहभागी हुन भएको हो ।
‘केन्द्रले पनि सहभागी हुनु भन्ने कुरा आएको छ, भोलि ११ बजे बस्ने दलको बैठकबाट निर्णय गरेर बैठकमा सहभागी हुन्छौं,’ कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले भने, ‘नीति तथा कार्यक्रममा उपस्थित हुने कुरा छ ।’
कांग्रेसले २७ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका कारण मुद्दा किनारा नलागेसम्म बैठकमा उपस्थित नहुने बताउँदै आएको थियो । तर पनि काँग्रेसले नीति तथा कार्यक्रममा भाग लिने निण्र्नय गरेको हो ।
कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अदालतको निर्णय आउन भने बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्